दिवाकर पोख्रेल
भदौ ८ ,२०७८ देउखुरीः पछिल्लो समय दाङ देउखुरी क्षेत्रमा पटक पटक विद्युत जाने समस्याले उपभोक्ताले हैरानी खेप्नु परेको छ ।
उच्च गर्मीको समयमा विद्युत दिउशो राती जतिबेला पनि झयाप्प झयाप्प विद्युतु जाँदा ज्यादै समस्या भउको उपभोक्ताको गुनासो छ । लमही नगरपालिका वडा नम्बर १ कौरीया निवासी विबेक केसीले राती सुतिरहेको समयमा विद्याुत जाँदा आफुहरु गर्मीले उकुस मुकुस हुने गरेको बताए। उनले भने, अहिलेको यो समय अत्याधिक गर्मी हुने समय हो ,पङ्खा चलाएर केही राहत मिल्ला भन्यो, लाइन गएरै हैरान हुन्छ,यो समस्या छिटो हल हुन आवश्यक छ ।
पटक पटक लाइन जाने समस्याले उद्योग कलकारखाना समेत प्रभावित हुने गरेका छन् । कोरोना कहरको विचमा थलिएका उद्योगहरु अहिले संचालनमा आएपनि विद्युत् अनियमित हुँदा थप समस्या भोग्नु परेको गुनासो व्यवसायीहरको छ । देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष खगेश्र खनालले पछिल्लो समय विद्युत्मा देखिएको अनियमिताले उद्योग कलकारखाना नराम्रोसंग प्रभावित भएको बताए ।
देउखुरी क्षेत्रमा नेपाल विद्युत प्राधिकरणसंग सम्झौता गरी सामुदायिक विद्युतीकरण समेत लागु भएको छ । साविकको चैलाही,लालमटीया, बेला र गढवा क्षेत्रमा सामुदायिक विद्युतीकरण लागु भएको हो । दिप ज्योती बिद्युत उत्पादन तथा वितरण प्रा.लि. लमहीका व्यवस्थापक बासु गौतमले बर्षाद्को समयमा चट्टाङ,हावा पानीले पनि समस्या गराउने गरेको बताउछन् ।
यता नेपाल विद्युत प्राधिकरणले भने विद्युतको लाइनमा देखापर्ने प्राविधिक समस्या मात्रै भएको र कटौती वा आंशिक लोडसेडिङ केही नभएको बताउँछ ।
प्राधिकरण लमही वितरण केन्द्रका प्रमुख पुष्पराज मल्लले बर्षाको समयमा चट्टाङ,हावापानीका कारण पनि समस्या आएको बताए । उनले भने, विद्युत प्राधिकरणका अनुसार विद्युतको स्टेशनको दुरी टाढा हुँदा समेत समस्या भएको छ । देउखुरी क्षेत्रमा करीव एक सय ४७ किलोमिटरको दुरीमा एउटा मात्रै स्टेशन रहेकाले ठाउँ ठाउँमा सव स्टेशन राख्न आवश्यक देखिन्छ ।
प्राधिकरण देउखुरीको गढवा र भालुवाङ क्षेत्रमा शब स्टेशन राखेर विद्याुत बितरण गर्ने योजना वनाएपनि जग्गा उपलव्ध नहुँदा काम गर्न सकिएको छैन । लमही वितरण केन्द्रका प्रमुख मल्लका अनुसार बढीमा २० किलोमिटरको फरकमा शब स्टेशन राख्नुपर्ने भएपनि देउखुरी क्षेत्रभरी एउटा मात्रै स्टेशनले जताततै धान्न समेत अप्ठेरो परेको छ ।