पर्वतको जलजलामा सुख्खा पहिरो खस्दा एक जनाको मृत्यु

0
932
फाइल फोटो

भदौ३,२०७८पर्वत: पर्वतको जलजला गाउँपालिका–३ बेनीमा बिहीबार साँझ खसेको सुख्खा पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

पहिरोमा परी मृत्यु हुनेमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ घर भएका अन्दाजी ३५ वर्षीय टेकमान गर्वुजा रहेका छन्। घाइते हुनेहरूमा ननकी खान र राजु ठाकुर रहेको प्रहरीले जनाएको छ।

अहिले घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीका अनुसार साँझ करिब पाँच बजे खसेको उक्त पहिरो जिप मर्मत गर्ने ग्यारेजमा खसेको हो।

ग्यारेजमा गाडी मर्मत भइरहेको बेलामा पहिरो खस्दा गाडी बनाउन आएका पुनको मृत्यु भएको प्रहरीले जनाएको छ। मर्मतको काम गरिरहेका दुई जना कामदार घाइते भएका हुन्। उनीहरुको म्याग्दी सदरमुकाम बेनीमा उपचार भइरहेको प्रहरीले बताएको छ। घाइतेको अवस्था सामान्य छ।

SHARE