पहिरोमा पुरिएका चारै जनाको शव भेटियो

0
275

भदौ३,२०७८ काठमाडौं : रसुवाको नौकुण्ड गाउँपालिका–५, कोलडाँडामा बुद्धि तामाङको घर पुरिँदा बेपत्ता भएका चारै जनाको शव भेटिएको छ।

घर पुरिँदा बेपत्ता भएका बुद्धिको ३२ वर्षीया श्रीमती कमला, ११ वर्षीया छोरी सोकिता, ८ वर्षीया छोरी सुकुमाया र ५ वर्षीय छोरा आशिषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ। बुद्धि गम्भीर घाइते रहेको रसुवाका प्रहरी प्रमुख डिएसपी देबेन्द्र पाण्डेयले जानकारी दिए।

SHARE