भदौ ३,२०७८सुर्खेत :कर्णाली प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा भोलि (भदौ ४ गते) सार्वजनिक बिदा दिने भएको छ।
प्रदेश स्थापना दिवसमा सरकारले सार्वजनिक बिदा दिने भएको हो।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले दिएको जानकारी अनुसार भदौ ४ गतेका दिन प्रदेशमा रहेका सरकारी कार्यालय, शिक्षण संस्था र बैंक तथा वित्तीय संस्थाहरू पूर्ण रूपमा बन्द रहने बताइएको छ।
मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले मन्त्रालयले एक सूचना जारी गर्दै भदौ ४ गते प्रदेशभर सार्वजनिक बिदा हुने जानकारी दिएका छन्।
यस्तै, कर्णाली सरकारले यसवर्ष कृष्णन्माष्टमी र असोज शुक्ल पूर्णिमामा पनि सार्वजनिक बिदा दिने भएको छ।