मदानेमा माओवादी केन्द्रको कमिटी गठन

0
333

भदौ१,२०७८गुल्मीः मदाने गाउँपालिका वडा नम्बर ४ मा नेकपा माओवादी केन्द्रको कमिटी गठन गरिएको छ ।
माओवादी केन्द्रको सोमबार सम्पन्न एक भेलाले प्रेम कुँवर अध्यक्ष तथा झकबहादुर ओलीको सचिव रहने गरी ३१ सदस्यिय वडा कमिटीको गठन गरेको हो । त्यस्तै भेलाले कमला थापाको अध्यक्षतामा १९ सदस्य रहेको अनेमसंघ क्रान्तिकारीको पनि गठन गरेको छ ।
जसको उपाध्यक्षमा हिमला सेन, सचिवमा सुमित्रा सेन लगायत अन्य सदस्यहरु रहेका छन् । भेलाले प्रत्येक टोल–टोलमा वाई.सि.एल गठन गर्ने, पार्टी सदस्यता नविकरण गर्ने, पार्टीको नियमित मासिक बैठक प्रत्येक महिनाको ११ गते बस्ने लगायतका निर्णयहरु गरेको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि माओवादी केन्द्र मदाने गाउँपालिका इन्चार्ज वेगम चन्द (मनोज) ले नेकपा एकता, नेकपा विभाजन, विभिन्न मुद्धामा सर्वोच्चका फैसला, एमाले सरकारको बर्हिगमन, लुम्बिनी प्रदेशमा सरकार गठन लगायतका बिषयमा प्रष्ट पारेका थिए ।

SHARE