नेकपा माओवादी केन्द्रबाट निर्वाचित५० वर्षीय वडाध्यक्ष साहको निधन

0
402

भदौ१,२०७८ बाराः बाराको सिम्रौनगढ नगरपालिका ( ८ का वडाध्यक्ष दामोदरप्रसाद साहको निधन भएको छ।

५० वर्षीय साहको काठमाडौँको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान १ बजे निधन भएको सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विरेन्द्रप्रसाद साहले जानकारी दिए।

स्वास्थ्यमा समस्या भएपछि उनी गत साउन १९ गते वीरगञ्जको नारायणी अस्पतालमा भर्ना भएका थिए। त्यहाँबाट थप उपचारका लागि साउन २० गते मेडिसिटी लगिएको थियो।

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा साह नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।

SHARE