दुर्गन्धित अबस्थामा पुरूषको शव फेला

0
292

साउन३१,२०७८झापा : कमल गाउँपालिका–२ क्याम्पा चोकबाट करिब ५० मिटर पूर्व धानबारीमा स्थानीयवासी राजु लिम्बूको शव फेला परेको छ।

स्थानीय नयाँ बस्तीमा बस्दै आएका अन्दाजी ५० वर्षीय लिम्बूको शव आइतबार बिहान दुर्गन्धित अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। ज्याला मजदूरी गरी जीविकोपार्जन गर्दै आएका लिम्बूको मृत्यु केही दिनअगाडि नै भएको हुनसक्ने प्रहरीको अनुमान छ।

शव खेतका बीचमा भएका कारणले सडेर दुर्गन्ध आउन थाले पछि स्थानीयवासीले थाहा पाएर प्रहरीलाई खबर गरेका थिए। घटनाबारे कारण खुल्न सकेको छैन।

SHARE