साउन१९,२०७८गुल्मीःगुल्मी जिल्ला अदालतले आमा र दुई जुम्लिया छोरीलाई हत्या गर्नेलाई आजीवन कैद सजायको फैसला गरेको छ ।
२०७६ साल कात्तिक १६ गते मोरङ जिल्ला कानेपोखरी ३ कन्काई घर भई पोखरामा बस्दै आएकी ३२ बर्षकी शिबमाया लिम्बु र उनकी सात बर्षीय जुम्लिया छोरीहरु गंगा र जमुनालाई हत्या गर्ने बाग्लुङ गल्कोट नगरपालिकाका४६ बर्षीय पुर्णबहादुर सुनारलाई जिल्ला अदालत गुल्मीले आजीवन कैद सजायको फैसला गरेको हो ।
गुल्मी जिल्ला अदालतका न्यायधिस राधाकृष्ण उपे्रदीको इजलासले सुनारलाई आजीवन कैद सजायको फैसला गरेको गुल्मी अदालतका तहसिलदार रामबहादुर कुँवरले जानकारी दिए ।
मुलुकीय फौजदारी संहिता २०७४ को दफा ४१ को (क) बमोजिम सुनारलाई आजीवन कैद सजायको फैसला गरेको कुँवरले बताए ।
के थियो वास्तबिकता
पोखरामा मजदुरलाई खान खुवाउने एक होटलमा सुनारले शिबमायालाई मासिक १० हजार पारिश्रमिक दिने शर्तमा काममा लगाए । होटलमा काम गर्ने गरी राखेपनि सुनार र लिम्बु श्रीमान श्रीमती जस्तै गरी बस्दै आएका थिए ।
उनीहरु बिच शारीरिक सम्बन्ध पनि हुदै आएको र लिम्बुको अन्य पुरुषसंग पनि लसपस हुन थालेको सुनारले थाहा पाएपछि घटनाले अर्कै मोड लिएको हो ।
यति हुदै गएपछि लिम्बुले श्रीमतीको रुपमा घरमा भित्रयाउनुपर्ने नभए सात लाख रुपैयाँ दिनुपर्ने अडान राखेको सुनारले बयानका क्रममा बताएको अदालतले जनाएको छ ।
सुनारले लिम्बुलाई मार्ने उद्येश्यले बाग्लुङको घरमा भित्रयाउने भन्दै ललाई फकाई गुल्मीको चन्द्रकोट गाउँपालिकाको हर्राचौरमा रहेको अनकन्टार जंगलमा लगे । सुनारले काठमाण्डौमा बस्दै आएका भाई हर्कबहादुरलाई पनि बोलाएका थिए भने संगै एक नावालकको पनि सहायता लिएका थिए ।
राती अनकन्टार जंगलमा लगि लिम्बुलाई पुर्णबहादुरले हथौडाको सहयोग लिई पहिले हत्या गरेको त्यस पश्चात .गंगा र जमुनाको हत्या गरेको खुल्न आएको अदालतले जनाएको छ ।
हत्यामा संलग्न पुर्णबहादुरका भाई हर्कबहादुर अहिले फरार रहेको हुँदा मुत्लवी रहने गरी गुल्मी अदालतमा हालको फौजदारी संहिता लागु भएपछिको सबैभन्दा बढी कैद सजाय हुने गरी फैसला भएको अदालतले जनाएको छ ।
अर्का एक नावालक रहेकाले उनको नाम गोप्य रहेको अदालतले जनाएको छ । उनलाई एक बर्षको कैद हुने गरी फैसला भएको छ ।