सत्यवती गाउँपालिकाका अध्यक्षको आक्रोस :खोप थोरै संक्रमित धेरै कसरी ?

0
768

तिलाचन पाण्डे
साउन१८,२०७८गुल्मी :सत्यवती गाउँपालिकाले स्वास्थ्य कार्यालयले पालिकालाई उपलब्ध गराएको १५२ डोज खोपमा खेद ब्यक्त गरेको छ ।
जिल्ला संकट ब्यबस्थापन केन्द्रको बैठकमा जिल्लाका १० वटा गाउँपालिकाहरु मध्ये सबैभन्दा बढी जनसंख्या भएको सत्यवतीमा जम्मा १५२ डोज खोप उपलब्ध हुनु दुःखद भएको भन्दै गाउँपालिकाका अध्यक्ष पारीश्वर ढकालले बैठकमै खेद ब्यक्त गरे ।
उनले कालीगण्डकी ,चन्द्रकोट सत्यवती गाउँपालिकालाई जिल्लाले आफनो जिल्ला जस्तो नठानेको र अन्य जिल्ला जस्तै गर्ने गरेको आरोप समेत लगाए ।
बढीगाड पारीका पालिकाका जनप्रतिनिधिहरुलाई बोल्न नै सक्दैनन भनेर ह्याप्ने गरेको समेत उनले बताए । सबैभन्दा बढी संक्रमित र बढी कोभिडका कारण मृत्यु भएको पालिकामा जिल्लाले केही पनि नहेरेको बताए ।
जिल्लाको प्रमुख जिल्ला अधिकारी र स्वास्थ्य कार्यालयले नै गम्भीरताका साथ लिदैन् भने यस्ता बैठकमा बस्नुको के अर्थ भन्दै उनले आक्रोस समेत ब्यक्त गरे ।

सत्यवती गाउँपालिकामा अहिले सक्रिय संक्रमितको संख्या १०३ जना रहेका छन् भने संक्रमणका कारण १८ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ ।
यस्तै इश्मा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर बिष्ट र रुरुक्षेत्रका अध्यक्ष नीलाकण्ठ गौतम लगायले पनि खोप उपलब्ध गराउनका लागी स्वास्थ्य कार्यालय र प्रमुख जिल्ला अधिकारी गम्भीर बन्नु पर्नेमा जोड दिएका थिए ।
जिल्लामा जोनसेन एण्ड जोनसेन खोप माग भन्दा कम उपलब्ध भएकोले पालिकाहरुको माग अनुसार उपलब्ध गराउन नसकिएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डाक्टर भवानी शर्माले जानकारी दिए । पछिल्लो चरणमा १६ हजार ६८ र पछि थप २ हजार ८३० भ्याक्सिन आएको थियो ।
जिल्लामा २६ हजार ५५८ तार्गेट रहेकोमा करिब ७ हजार भ्याक्सिन अभाव रहेको स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकृत पशुपति आचार्यले जानकारी दिए । जिल्लामा ५५ बर्ष उमेर माथिका जनसंख्यालाई आधार मानेर वितरण गरेको कार्यालयले जनाएको छ ।
जिल्लामा अहिले कुल संक्रिय संक्रमितको संख्या ४३५ रहेको छ भने संक्रमणका कारण जिल्लामा ९२ जनाको ज्यान गइसकेको छ ।

SHARE