बाढीले रेडियो मेलम्चीको भवन बगायो

0
317

साउन१७,२०७८ काठमाडौं :मेलम्चीमा आएको बाढीले रेडियो मेलम्ची १०७ दशमलव २ मेगाहर्जको भवन बगाएको छ।

राति १२ बजे ४० मिनेट जाँदा रेडियोको भवन बाढीले बगाएको रेडियोका स्टेशन म्यानेजर देवराज सुवेदीले जानकारी दिए

गएको असार १ गते आएको बाढीले रेडियोको भवनमा क्षति गरेको थियो। ‘तीन तलाको रेडियोको भवन त्यतिबेला दुई तला डुबानमा परेको थियो, गएरातिको बाढीले पूरै भवन नै बगायो’ सुवेदीले भने।

यस्तै हेलम्बु गाउँपालिका जोड्ने चनौटेको रातोपुल उच्च जोखिममा छ। ग्यालथुममा रहेको एउटा झोलुङ्गे पुल बगाएको छ भने नदि को सतह बढेपछि ग्यालथुम बजार समेत जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक का एसपी राजन अधिकारीले जानकारी दिए

SHARE