छत्रकोट गाउँपालिकामा कागती काण्ड पश्चात फेरी भैसी काण्ड चर्चामा

0
512
छत्रकोट गाउँपालिका कार्यालयको तस्विर :खबरमार्केट

तिलाचन पाण्डे
साउन१६,२०७८गुल्मीःगुल्मीमा अनुदान खानकै लागि छिमेकीको भैसी केही दिनलाई ल्याएर अनुदान खाएको खुलेको छ ।
जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर ४ का किसान देबीप्रसाद पन्थले गाउँपालिकाको अनुदान खानका लागि छिमेकीको घरबाट भैसी ल्याइ गोठमा देखाएको र अनुदान पश्चात फिर्ता गरेको रहस्य खुलेको हो ।
२ वटा लैनो भैसी पालेवापत गाउँपालिकाले ७५हजार अनुदान दिने भएपछि कृषकहरुले गाउँपालिका प्रति छारो हालेर अनुदान खाने गरेको खुलेको हो ।
यता कृषक देबीप्रसाद पन्थले छिमेकी हुमानाथ पन्थकोबाट ८२ हजार रुपैयाँमा भैसी किनेर लगेको दाबी गरे । भैसी किनेर लगेपश्चात महिलाहरुलाई नजिक पर्न नदिने , हान्ने र ठुलो भएका कारण आफू बेच्न बाध्य भएको बताए । आफूले भैसी बेच्ने भनेपछि हुमानाथ आफैले लान्छु भनेर उहाँलाई नै दिएको उनको जिकीर छ ।
देबीप्रसाद संग शनिबार बिहान फोन सम्पर्क गर्दा आफूले अहिले ७५ हजारमा अर्को भैसी किनेर बाटोमा लैजादै गरेको बताए ।
यता गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्थले गाउँपालिकाबाट अनुदान लिएका कृषकले २ वटा भैसी २ बर्षसम्म अनिवार्य रुपमा पाल्नु पर्ने प्रावधान बनाएको बताए । परिवारमा बिशेष समस्याहरु आए भने वा पाल्न नसक्ने अबस्था आएमा म भैसी पाल्न सक्दिन भनेर गाउँपालिकामा निबेदन दिनपर्ने पन्थले भनाई छ ।
यदि कसैले अनुदान लिएर त्यसको दुरुपयोग गरेको छ भने त्यसलाई कारवाही गरेरै छाड्ने उनले दाबी गरे ।
यस अघि आर्थिक बर्ष २०७५।०७६मा पनि सोही गाउँपालिकाको वडा नम्बर ५ खरज्याङको ढुंगे देउरालीमा कागती रोपण कार्यक्रममा पनि यस्तै अनियमितता भएको समाचार बाहिर आएको थियो ।
तत्कालिन प्रदेश ५ भूमि ब्यबस्था तथा कृषि मन्त्रालयको १३ लाख ६२ जार ६५० अनुदान र गाउँपालिकाको २ लाख ३४ हजार ७७६ रुपैयाँ गरी कुल १५ लाख ५५ हजार ४२६ रुपैयाँको योजनामा पनि अनियमितता भएको खबर विभिन्न संचार माध्यममा आएको थियो ।

SHARE