प्रशासनको मौनताप्रति नेपाल विद्यार्थी संघ गुल्मीको ध्यानकर्षण

0
543

सन्तोष महतारा
साउन१५,२०७८गुल्मीः नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति गुल्मीले जिल्लाप्रशासनकार्यालय गुल्मीलाई ध्यानकर्षण गराएको छ ।
शुक्रबार नेपालविद्यार्थी संघ जिल्ला कार्य समिति गुल्मीको समूहले जिल्लाका समसामयिक बिषयवस्तुको सम्बन्धमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई ध्यानकर्षण पत्र बुझाँउदै जानकारी गराएको नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति गुल्मीका कार्यावाहक सभापति राम्जी पन्थीले जानकारी दिए ।
गुल्मी जिल्लामा पछिल्लो समय पुरानी सवारी हुनु प्रमुख कारण सहित अन्य कारणले सवारी दुर्घटना बढि रहँदा जिल्ला प्रशासन कार्यालय मौन रहेको, कोरोना भाइरसको संक्रमण बँच्नका लागि नेपाल सरकारबाट लक्षित वर्गलाई तोकेर आएको खोप पहुँचवाला र पहुँचवालाका परिवारलाई लगाएर अनियमितता गर्दा पनि जिल्ला प्रशासन कार्यालय मौन रहेको, जिल्लामा कोरोनाका सक्रिय संक्रमित निरन्तर बढिरहँदा पनि जिल्ला प्रशासन कार्यालयले झन् लकडाउन खुकुलो बनाएर सर्वसाधरणको ज्यान जोखिममा बनाउने काम जिल्ला प्रशासन कार्यालयले गरेको, सवारी साधनले मनपरी भाडा उठाएका समाचार मिडिया आइरहँदा पनि जिल्ला प्रशासन मौन रहेको, जिल्लामा नदीकै बीचमा अवैध क्रसर उद्योग दादगिरी तरिकाले चलिरहँदा पनि जिल्ला प्रशासनले नदेखेको जस्तो गरिरहेको, जिल्लामा हुने विकास निर्माणका काममा मिलेमोतोमा कम गुणस्तरीय र अनियमितता हुदाँ जिल्ला प्रशासन चुप लागेर बसेको बिषयमा नेपाल विद्यार्थी संघ गुल्मीले ध्यानकर्षण पत्रसहित ध्यानकर्षण गराएको हो ।
नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति गुल्मीका कार्यावाहक सभापति राम्जी पन्थीद्धारा हस्ताक्षर गरिएको ध्यानकर्षण पत्रमा पुराना सवारी साधनका कारण दुर्घटना भएको हुनाले तिनीहरुको प्रतिस्थापन र सवारी चालकलाई अभिमुखीकरण तालिम आवश्यक रहेको समेत उल्लेख छ ।
वि.सं २०७६ मा प्रमुख जिल्लाअधिकारी यदुनाथ पौडेल रहँदापनि पुराना सवारीकाकारण दुर्घटना बढेको बिषयमा नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति गुल्मीले ध्यानकर्षण गराउँदा पनि त्यसलाई बेवास्था गर्दा समस्या दोहोरिएको कार्यावाहक सभापति पन्थील बताए ।
कार्यावाहक सभापति पन्थीले प्रशासनको यस्तो लाचारीपनले आफुहरु दुखीत भएकोले तत्काल प्रशासनले केही कदम चाल्न आग्रह गरेका थिए ।
नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति गुल्मीका रोशनसिंह ठकुरीले ठेकेदारले मनपरी रुपमा जिल्लामा अवैध क्रसर उद्योग चल्दाप्रहरी प्रशासनले केही कदम चाल्न नसेक्नु लज्जास्पद भएको बताएका थिए ।
प्रहरी प्रशासनले केही कदम चाल्न नसक्ने भएमा आफुहरु पछि हटेर नेपाल विद्यार्थी संघलाई अनुरोध गर्न समेत उनले आग्रह गरे । नेपाल विद्यार्थी संघ गुल्मीक्षेत्र नम्बर २ का क्षेत्रीय सभापति अर्जुंन पोखरेलले अवैध रुपमा चल्ने क्रसर उद्योगीलाई प्रशासनले कार्वाही गरेको समाचार सुन्नआत्तुर भएको भन्दै कार्वाहीगर्न आग्रह गरे ।
ध्यानकर्षण पत्र बुझाउन नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति गुल्मीको समूह सहित नेपालविद्यार्थी संघ रेसुङ्गा बहुमुखी क्याम्पस छात्रा संयोजक गोमा मरासिनीको नेतृत्वको समूह जिल्ला प्रशासन कार्यालय गुल्मीमा पुगेको हो ।

SHARE