घाँस काट्न जाने क्रममा भीरबाट खसेका सुवेदीलाई पोखरा रेफर

0
337

साउन १४, २०७८
पर्वत : घाँस काट्न जाने क्रममा भीरबाट खसेका कुश्मा नगरपालिका ११, ठूलीपोखरीका ५५ वर्षीय रामप्रसाद सुवेदीको उद्दार गरी उपचारार्थ पोखरा पठाइएको छ।

जिल्ला प्रहरी कार्यालय पर्वतका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार ठूलीपोखरीको पाखाथर घर भएका सुवेदी बुधवार बिहान करिब साढे नौ बजेतिर कुश्मा नगरपालिका–१० पिपलटारीस्थित कमेरे गौँडा भीरबाट खसेका थिए।

घाँस काट्न जाँदै गरेको अवस्थामा घरबाट करिब दुई किलोमिटर तल पुगेका उनलाई करिब दुई घण्टापछि उद्दार गरिएको हो। उनी भीरबाट करिब २०० मिटर तल खसेका थिए।

वडा प्रहरी कार्यालय ठूलीपोखरीबाट गएको प्रहरी टोलीले उद्दार गरी उनलाई उपचारार्थ पर्वत अस्पतालमा लगेको थियो।

शरीरका विभिन्न ठाउँमा चोट लागेका सुवेदीलाई पर्वत अस्पतालबाट थप उपचारको लागि पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा पठाइएको छ। थाहाबाट

SHARE