
साउन५,२०७८ लमजुङ : लमजुङमा करेन्ट लागेर सात वर्षीया बालिकाको मृत्यु भएको छ। राईनास नगरपालिका–७ फेदीकुवाका राकेश पाण्डेकी सात वर्षीय सृष्टि पाण्डेको सोमबार करेन्ट लागेर मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार पाण्डे सोमबार बिहान टिभी हेर्न लाग्दा विद्युतिय तार सर्ट भई हातमा करेन्ट लागेर गम्भीर घाइते भएकी थिइन्। सहोदर अस्पतालमा उपचारका क्रममा बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ।








