लुम्बिनी प्रदेशमा भीषण वर्षाको सम्भावना

0
509
फाइल फोटो

साउन १,२०७८
काठमाडौं :जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुको प्रभावले शुक्रबार र शनिबार देशका पश्चिमी भेगमा धेरै पानी पर्नेछ।

महाशाखाका अनुसार शुक्रबार बिहान देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भने भीषण वर्षाको सम्भावना रहेको मौसमविद प्रतिभा मानन्धरले जानकारी दिइन्। भीषण वर्षा भए पनि केही समयमात्रै हुने उनको भनाई छ।

राति गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ। प्रदेश २ मा पनि भीषण वर्षा भए पनि क्षणिक मात्र मौसमविद मानन्धरले बताइन्।

सोमबारदेखि पर्सिदेखि भने मनसुनी वायु देशभर सक्रिय हुने भएकाले देशैभर जसो लगातार पानी पार्ने सम्भवना रहेको महाशाखाले जनाएको छ।

SHARE