धुर्कोट गाउँपालिका खरका छानामुक्त गाउँपालिका घोषण

0
855

असार२८,२०७८गुल्मीः जिल्लाको धुर्कोट गाउँपालिका पहिलो खरको छानामुक्त गाउँपालिका घोषण भएको छ ।
गाउँपालिका भित्र रहेका एक हजार २४५ घर धुरीहरुमा जस्तापाता लगाई खरका छाना मुक्त गाउँपालिका घोषण गरिएको गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए ।
यो संगै जिल्लामै धुर्कोट गाउँपालिका पहिलो खरका छाना मुक्त गाउँपालिका घोषण भएको छ । आफू निर्वाचित भएर पदभार ग्रहण गर्दा खरका छाना मुक्त गाउँपालिका घोषण गर्ने पहिलो निर्णय आज सार्थक भएको पोखरेलले बताए ।
खरका छाना मुक्त गाउँपालिका घोषण भएसंगै आगलागीका घटनामा कमी आउने र मनसुन जन्य क्षतीबाट बच्न सकिने गाउँपालिकाले दाबी गरेको छ ।
नागरिक सुरक्षित आवास अन्र्तगत १५७ घरधुरी,जनता आवास अन्र्तगत३७,एकिकृत नमूना बस्ती अन्र्तगत१८,भूकम्प पछि गरिएको पुननिर्माणका ५३९र जस्तापाता वितरण अन्र्तगत ५०४ गरी कुल एक हजार २४५ घरधुरी रहेको गाउँपालिकाले जनाएको छ ।
धुर्कोट गाउँपालिकालाई खरका छानामुक्त गाउँपालिका घोषण गर्नका लािग कुल १९ करोड,२९ लाख९४ हजार,११९ रुपियाँ लगानी भएको गाउँपालिकाले जनाएको छ ।
यस अघि जिल्लाको मालिका गाउँपालिका वडा नम्वर ६ अर्जैलाई २०७७ कार्तिकमा तत्कालिन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री एवं गुल्मी क्षेत्र नम्वर २ का सांसद गोकर्ण बिष्टले खरका छानामुक्त वडा घोषण गरेका थिए ।
यस्तै मालिका गाउँपालिकालाई पनि खरका छानामुक्त गाउँपालिका घोषणको अन्तिम तयारीमा रहेको गाउँपालिकाका प्रबक्ता एवं वडा नम्वर ६ अर्जैका वडा अध्यक्ष शोभाखर गिरीले जानकारी दिए ।
गाउँपालिकालाई साउन या भदौसम्ममा खरका छानामुक्त गाउँपालिका घोषण गर्ने गिरीले दाबी गरे ।

SHARE