संक्रमणबाट निधन भएका परिवारलाई आर्थिक सहयोग

0
375

असार २१,२०७८ स्याङ्जा: कोरोना भाइरस संक्रमणबाट निधन भएका आफ्ना सदस्यका परिवारलाई तुल्सी भञ्ज्याङ साना किसान कृषि सहकारी संस्थाले आर्थिक सहयोग गरेको छ।

गल्याङ नगरपालिकाभित्र संक्रमणका कारण निधन भएका परिवारका सदस्यलाई संस्थाले जनही दश हजार रुपैयाँ प्रदान गरेको हो।

आइतबार संस्थाका संस्थापक अध्यक्ष तथा गल्याङ नगरपालिका प्रमुख भूपराज अधिकारीले मृतकका परिवारका सदस्यहरुलाई सहयोग रकम हस्तान्तरण गरे। संस्थाका प्रबन्धक शम्भुनारायण अधिकारीका अनुसार १५ जनाका परिवारलाई सहयोग प्रदान गरिएको हो।

SHARE