सवारी दुर्घटनामा गुल्मीका भण्डारीको मृत्यु

0
271

असार१६,२०७८रुपन्देही :त्रिभुवन विश्व विद्यालयका सह(प्राध्यापक डाक्टर शंकरप्रसाद भण्डारीको मृत्यु भएको छ ।

रुपन्देहीको देवदह १० चरङ्गेबाट बुटवलतर्फ आउँदै गर्दा आफैँले चलाएको लु १७च ६०६६ नम्बरको कार दुर्घटनामा परी ५२ वर्षका भण्डारीको मृत्यु भएको हो । उनी नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीका भाइ हन्।

दुर्घटनामा भण्डारीसहित उनका आफन्त थानेश्वर भण्डारी सवार कार बुढाबास भन्ने स्थानमा रहेको कल्भर्टबाट खसेको थियो। दुर्घटनापछि गम्भीर घाइते भण्डारीलाई उपचारका लागि बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा ल्याएकोमा चिकित्सकहरुले मृत घोषणा गरेका थिए।

प्रहरीका अनुसार मंगलबार साझ करिब साढे ८ बजे भएको सो सवारी दुर्घटनामा परेका थानेश्वरको भने अवस्था सामान्य रहेको छ।

SHARE