असार१५,२०७८सुर्खेत :कर्णाली प्रदेशमा सुनको अभाव हुँदै गएको छ। राज्यबाटै हुने सुनको असमान वितरणका कारण कर्णालीमा सुन अभाव हुँदै गएको हो।
प्रदेशमा मागअनुसारको सुन आपूर्ति गर्न नसकिएको सुनचाँदी व्यवसायी संघ कर्णाली प्रदेशले बताएको छ। लकडाउनको समयमा यहाँका सुनचाँदी व्यवसायी झनै ठूलो मर्कामा परेको संघका कर्णाली प्रदेश अध्यक्ष जनक सुनारले बताए।
‘दुई महिनाको बन्दले एकातिर व्यवसाय पूर्णरूपमा बन्द छ भने अर्कोतिर नेपाल राष्ट्र बैंकबाट उपलब्ध हुने सुन समानुपातिक ढंगले वितरण हुँदैन,’ उनले भेन, ‘यसले गर्दा यो दुई महिनको अवधिमा १६ करोड रुपैयाँको कारोबार हुन सकेन।’