लूम्बिनी प्रदेशमा भीषण वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

0
782
फाइल फोटो

असार१२,२०७८
काठमाडौं :मनसुनी वायु र दक्षिणी भू–भाग नजिक रहेको मनसुनी न्यून चापीय रेखाका कारण आज प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार शनिबार बिहान देशका अधिकांश भू(भागमा सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो पनि देशभर मौसम बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान भने भीषण वर्षाको सम्भावना छ।

यस्तै, राति देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २ र बागमती प्रदेश एक दुई स्थानमा भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

भीषण वर्षाका कारण पहाडी भेगमा पहिरो जाने र नदीनाला तथा खोलामा पानीको बहाव बढ्ने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ।

SHARE