असार ११,२०७८ गुल्मी : जिल्लाको चन्द्रकोट गाउँपालिकाले ४५ करोड १४ लाख ४१ हजार २८१ रुपैयाको बजेट सार्वजनिक गरेको छ । बिहीबार गाउपालिकाका उपाध्यक्ष राधिका अर्यालले चालुतर्फ ३२ करोड९७ लाख ८५ हजार ८१ र पुँजीगत तर्फ १२ करोड १६ लाख ५६ हजार बजेट सार्वजनिक गरेकी हुन।
बजेटमा कोरोना नियन्त्रण तथा रोकथाम,कृषि ,पशुपालन र पर्यटन र रोजगारलाई प्राथमिकता दिइएको छ । यस्तै गाउँपालिकाको योजना पद्धतिमा दीर्घकालिन सोच,लक्ष्य,उद्येश्य सहितको दीर्घकालिन गुरुयोजना, बार्षिक कार्यक्रमहरु तय गरी गरिबी न्यूनीकरणमा जोड दिने उल्लेख गरिएको छ ।
पालिका भित्रका नागरिकहरुको स्वास्थ्यलाई ख्याल गरी बर्तमान अबस्थामा कोभिड १९ जस्ता महामारी साथै बिभिन्न प्रकारका विपद तथा महामारीहरुसंग सामना गर्न आवश्यक कदम चाल्ने गाउँपालिकाले जनाएको छ ।
कृषि र पशुपालनमा यान्त्रीकीकरण , ब्यबसायीकता ,आधुनिकीकरण र बीमाको ब्यबबस्था गर्ने । कृषि सडकलाई बिस्तारमा जोड दिनका लागि बजेटको ब्यबस्था गरेको छ ।
शिक्षा ,स्वास्थ्य ,खानेपानी र सरसफाइलाई बजेटले प्राथमिकता दिएको छ । सार्वजनिक सेवा प्रवाहलाई चुस्त दुरुस्त ,छिटो छरितो रुपमा प्रदान गर्ने गाउँपालिकाले जनाएको छ ।
यस्तै विपदब्यबस्थापन योजना तर्जुमा गरी कार्यन्वय गरिने र जसका लागि समाजका विभिन्न संघ संस्था टोलबिकास समिति र क्लबहरुलाई समय अनुकुल क्रियाशिल बनाउँदै लैजाने पालिकाले जनाएको छ ।
भाषा,साहित्य,कला,संस्कृति,धार्मिक मठमन्दिरहरुको संरक्षण र बिकास गर्नका लागि उचित बजेटको ब्यबस्थापन गरिएको छ । सहकारी कार्यक्रमहरुलाई पनि गाउँपालिकाले प्राथमिकताका साथ राखेको छ।
बजेट मार्फत गाउँपालिकाका उद्येश्यहरु
गाउँपालिकाले आर्थिक बर्ष २०७८.०७९को बजेटमा स्वास्थ्य क्षेत्रको पूर्वाधार जनशक्ति र क्ष्मता बिकास गरी स्वास्थ्य क्षेत्रमा आम जनताको पहुँच पुर्याई सुरक्षित रहेको आभास दिलाउने छ ।
कोरोनाबाट सिर्जित आर्थिक तथा सामाजिक अबस्थालाई सुधार गरीस्थानीय अर्थतन्त्रलाई चलायमान र गतिशिल बनाइने ।
नागरिकका मौकि हक रअधिकारका रुपमा रहेका आधारभुत आवश्यकतालाई शिघ्र परिपूर्ति गर्दै जीवनस्तरमा सकारात्मक सुधार ल्याउने ।
सबै वर्ग लिंग समुहको अपनत्वकरण मार्फत समतामुलक सभ्य समाजको निर्माण र स्थानीय तहको सरकारको अभिबृद्धि गरी सुशासन प्रर्वद्धन गर्ने ।
उपलब्ध स्रोत र साधनको कउच्चतम प्रयोग मार्फत नागरिकको आर्थिक , सामाजिक रुपान्तरण गर्ने साथै उद्यमशिलताको बिकास र रोजगारीको सिर्जनाबाट आर्थिक बृद्धि र बिकास गर्ने ।
सामाजिक कन्याय सहितको लोककल्याणकारी स्थानीय तह स्थापित गर्दै गाउँपालिकालाई आथिृक, सामाजिक, भौतिक ,शैक्षिक, धार्मिक , सांस्कृतिक तथा पर्यटकिय रुपबाट आत्मनिर्भर र स्वावलम्बी बनाउने उद्येश्य गाउँपालिकाले लिएको छ ।