चट्याङ लागेर एक किशोरको मृत्यु

0
461

असार११,२०७८
स्याङ्जा : चट्याङले लागेर अर्जुन चौपारी गाउँपालिका–२ घडेरीका १५ वर्षीय रोहित गुरुङको मृत्यु भएको छ।

घरमा सुतिरहेका बेला शुक्रबार करिब ५ बजे रोहितलाई चट्याङले लागेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले बताए।

घटनाको थप विवरण संकलन गर्न प्रहरी निरीक्षक अर्जुन विकको नेतृत्वमा प्रहरी घटनास्थलतर्फ पठाइएको अधिकारीले बताए।

SHARE