वडा सदस्यको बैठकमा जाँदा भीरबाट लडेर मृत्यु

0
621

असार९,२०७८जाजरकोट :भेरी नगरपालिका–२ की वडा सदस्य शसीला नेपालीको भीरबाट लडेर मृत्यु भएको छ।

डिंगा घरबाट बाहुनथानास्थित वडा स्तरीय योजना तर्जुमा बैठकमा सहभागी हुन जाँदै गर्दा नेपाली मंगलबार बिहान भीरबाट लडेर घाइते भएकी थिइन्। घाइते नेपालीलाई उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा मंगलबार राति बाटोमै मृत्यु भएको नगरपालिकाकी प्रवक्ता पार्वती विकले जानकारी दिइन्।

SHARE