आज रुपचन्द्र विष्टको २२ औं स्मृति दिवस

0
519

असार७,२०७८काठमाडौं :थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टको आज २२ औं स्मृति दिवस, विभिन्न कार्यक्रम गरेर सम्झना गरिँदै छ।

कोरोनाका कारण स्मृति दिवसमा कुनै सभा सम्मेलन नहुने भएको छ। निषेधाज्ञासमेत भएकाले यो वर्ष कुनै सार्वजनिक कार्य गर्न संभव नभएको रुपचन्द्र विष्ट स्मारक नेपालले जनाएको छ।

अध्यक्ष रामनारायण विडारीले एक विज्ञप्ति जारी गर्दै ‘हामी कसैका होइनौं, कोही हाम्रा होइनन्‌, हामी सत्य र ठिकका, सत्य र ठिक हाम्रो’ भन्ने रुदानेको वाणीलाई अध्ययन गर्न अनुरोध गरेका छन्।

रुदाने, जसरु, रापसरु, स्वरुपेजस्ता उपनामले परिचित विष्टले विसं २०२८ सालमा मकवानपुरको उत्तरी क्षेत्रमा शिक्षा आन्दोलन चलाएका थिए। ‘छोरा पढाउने, छोरी नपढाउने मुर्दावाद–छोराछोरी दुवै पढाउने जिन्दावाद’ भन्ने जस्ता नाराका साथ विष्टले चलाएको आन्दोलनले समाजमा परिवर्तन ल्याउन सहयोग गरेको थियो। ​

विसं १९९० पुस २६ गते मकवानपुरको दामन घर्तिखोलामा जन्मिएका विष्टको २०५६ साल असार ७ गते काठमाडौंमा निधन भएको थियो।

SHARE