आइतबार २४ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि, ५१ जनाको मृत्यु

0
387

असार ०६
काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा थप २४ सय ४२ जनामा नयाँ कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण प्रसाद पौडेलका अनुसार आइतबार १० हजार ९ सय ५६ जनाको कोरोना परीक्षण भएको छ।

कोरोना संक्रमणबाट थप ५१ जनाको मृत्यु भएको उनले जानकारी दिए। त्यस्तै,तीन हजार चार सय ५६ जना कोरोना संक्रमणमुक्त भएका छन्।

काठमाडौं उपत्यकामा पाँच सय ४८ जना संक्रमित व्यक्ति भेटिएका छन्। जस अनुसार काठमाडौंमा चार सय ५०,ललितपुरमा ५३ र भक्तपुरमा २५ जना रहेको मन्त्रालयले जनाएको छ।

SHARE