बिग्रीएको फ्रमुला

0
707

नाम- प्रियंका पन्थी
कक्षा-११
शिर्षक- बिग्रीएको फ्रमुला

धर्ती हेर्दा तलबाट
,भानुमाथीबाट
कुन बेदना पोखिने
हुन हाम्रो छातीबाट!
जोड, घटाउ, गुणन, भाग
कुन साना ठुला?
एकमा एक एककि एघारा
बिग्रीयो फरमुला!!

जलेको मन ढलेको जिउ
ध्यान नराख्नाले
लुछाचुडी के लाई बढ्यो
ज्ञान नचाख्नाले!
प्रशंसित साना भए
निन्दा गर्ने ठुला
भ्रष्टाचार बढ्यो सदभाव घट्यो बिग्रीयो फरमुला!!

उत्तर, पुर्व, पश्चिम, दक्षिण
बनाई डब्ल्यू यस
निती र मिती कुर्ची कै
लागी बिग्री सक्यो देश!
भुमिसुधार गर्छु भन्दै
भुडीसुधार गर्छन ठुला
निर्यात घट्यो आयात बढ्यो
बिग्रियो फरमुला!!

फरमाट्डिहाइड भनेर ल्याको,अल्कोहल परेछ!
पाठशाला भनि ज्ञान लिन गयौ, बधशाला परेछ
जति जति घोक्यो
सोह्र दुना आठ
कस्तो हो पाठशाला
कुर्ची कै रटाई नेताको भट्याई बिग्रियो फरमुला!!

निब्न लाग्यो दियो भन्छन
कोइ भन्छन हातले छेक्ने!
घुस खाने नेताजी लाई मन्त्री मण्डलले देख्दै नदेख्ने
निमुखालाई कारागारमा
बालुवाटारका सबै ठुला
दार्शनिक बने नोट मात्रै
बिग्रियो फरमुला!!

अधिकार जम्यो भन्छन्
कुन कुर्चीमा होला?
म निमुखा जनताको
चाउरीसके झोला
मस्यौदापत्र तयार गर्न
भए कति ठुला
रूने र सुन्ने नमिलेरै
बिग्रियो फरमुला!!

धन्यवाद

SHARE