देशभर बाढीपहिरो र डुबानबाट १७ जनाको मृत्यु

0
690
फाइल फोटो

असार५,२०७८काठमाडौं :अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी १७ जनाले ज्यान गुमाएका छन्।

जेठ ३० गतेदेखि शनिबार दिउँसोसम्म १७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेहरूमा १० जना पुरुष, ४ जना महिला, २ जना बालक र १ जना बालिका रहेका छन्।

जसअनुसार सिन्धुपाल्चोक र डोटीमा ३र३ जना, सप्तरी, काभ्रे, गोरखा, जुम्ला, अर्घाखाँची, पाल्पा, कास्की, कालिकोट, बाजुरा, बझाङ र प्युठानमा १र१ जना रहेका छन्। यस अवधिमा बाढी पहिरोमा परी २२ जना वेपत्ता भएका छन्।

१५ जना पुरुष, ५ जना महिला र २ जना बालक रहेका छन्। उनीहरुमध्ये सिन्धुपाल्चोकमा २१ जना र बाजुरामा १ जना रहेका छन्। बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। यस्तै परी १७ जना घाइते भएका छन्।

घाइते हुनेमा १० जना पुरुष, ४ जना महिला, १ जना बालक र २ जना बालिका रहेका छन्। उनीहरुमध्ये सिन्धुपाल्चोकमा ५ जना, म्याग्दी र डोटीमा ३र३ जना, जुम्लामा २ जना, कास्की, स्याङजा, चितवन र सल्यानमा १र१ जना रहेका छन्।

घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ। बाढी तथा पहिरोमा परेका सिन्धुपाल्चोकमा ९४ जना, सल्यानमा ८ जना, दाङमा ४ जना र कञ्चनपुरमा ३ जना गरी १ सय ९ जनाको उद्दार गरिएको छ। उनीहरुलाई उपचारका लागि विभिन्न अस्पतालमा लगिएको छ।

SHARE