हेटौंडा अस्पतालमा उपचारको क्रममा दुई कोरोना संक्रमितको मृत्यु

0
685

असार ०४, २०७८
हेटौंडा : मकवानपुरको हेटौंडास्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ।

अस्पतालमा उपचारको क्रममा दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो। अस्पतालको कोभिड फोकल पर्सन डा। सागर काफ्लेको अनुसार मृत्यु हुनेमा सर्लाहीको बागमती नगरपालिका–७ राजघाटको ७३ वर्षीय वृद्व र मकवानपुरको मनहरी गाँउपालिका –१ मकरीका७४ वर्षको वृद्वा छन्।

उनीहरूमध्ये एकजनाको बिहीबार राति मृत्यु भएको हो अर्को एकजनाको उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको हो।

SHARE