सातवटै प्रदेशमा नयाँ प्रमुख नियुक्त

0
475

कात्तिक १८, २०७६ काठमाडौं . सातवटै प्रदेशमा प्रमुख नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार साँझ सातवटै प्रदेशमा नयाँ प्रमुख नियुक्त गरेकी हुन्। राष्ट्रपति भण्डारीले सोमबारै बसेको मन्त्रिरिषद् बैठकको सिफारिसमा सातै प्रदेशमा प्रमुख नियुक्ति गरेकी हुन्। राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा १६३ को उपधारा ९२० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख नियुक्त गरिएको जनाइएको छ। राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्ति अनुसार प्रदेश १ मा कास्कीका सोमनाथ अधिकारी प्यासी प्रदेश प्रमुख भएका छन् । यसैगरी प्रदेश २ मा बाँकेका तिलक परियार नियुक्त भएका छन्। प्रदेश ३ मा झापाका विष्णुप्रसाद प्रसाईं, गण्डकी प्रदेशमा चितवनका अमिक शेरचन प्रदेश प्रमुख बनेका छन्। प्रदेश ५ मा सिरहाका धर्मनाथ यादवले प्रदेश प्रमुखको जिम्मेवारी पाएका छन्। कर्णाली प्रदेशमा बैतडीका गोविन्दप्रसाद कलौनीलाई प्रदेश प्रमुखको जिम्मेवारी दिइएको छ। सुदूरपश्चिम प्रदेशमा चितवनकी शर्मिला कुमारी पन्तलाई राष्ट्रपतिले प्रदेश प्रमुखमा नियुक्त गरेकी छन्। नवनियुक्त सातै प्रदेश प्रदेश प्रमुखहरुको सपथग्रहण मंगलबार हुने राष्ट्रपतिको कार्यालयले जनाएको छ। राष्ट्रपतिको कार्यालयले मंगलबार बिहान ८ बजे सबै प्रदेश प्रमुखहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराइने तयारी गरेको छ।

SHARE