पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध

0
315
फाइल फोटो

जेठ३०,२०७८स्याङ्जा :स्याङ्जाको भालुपहाडमा गएको पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ। शनिबार रातिदेखि आएको अविरल वर्षा र राजमार्ग फराकिलो बनाउन खनिएको सडकको कारण पहिरो गएको स्थानीयवासीले बताएका छन्।

राति २ बजे ठूलो पहिरो गएकाले राजमार्गमा चल्ने अत्यावश्यक सवारी साधन सडकमा नै अलपत्र परेका छन्। सडक खुलाउन पोखराबाट डोजर बोलाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले बताए।

अहिले प्रहरी र स्थानीयवासीको पहलमा सडक खुलाउने प्रयास भैरहेको छ। बिहान ११ बजेसम्म सडक खुल्ने प्रहरीले बताएको छ।

पछिल्लो समय सडक चौडा बनाउन राजमार्गको विभिन्न स्थानमा सडक खनिएको कारण राजमार्गमा यात्रा गर्न निकै जोखिम हुन थालेको छ। राजमार्गअन्तर्गत बुटवल पोखरा सडकखण्डमा स्याङ्जाभित्र मात्र एक दर्जनभन्दा बढी स्थानमा पहिरोको जोखिम बढेको छ।

SHARE