कालिगण्डकी अस्पतालमा स्वास्थ्य बिमा लागू

0
20

जेठ२३,२०७८ स्याङ्जा :स्याङ्जाको कालिगण्डकी गाउँपालिकास्थित कालिगण्डकी अस्पतालमा सामाजिक स्वास्थ्य बिमा लागू भएको छ।

आइतबार भर्चुअल कार्यक्रममार्फत गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले स्वास्थ्य बिमाको शुभारम्भ गरेका छन्। स्वास्थ्य बिमा लागू भएपछि यहाँका नागरिकले समयमै उपचार पाउने भएका छन्।

पैसाका कारण उपचार नपाउने अवस्था टरेको छ। जिल्लाको सदरमुकाम पुतलीबजारबाट सुदूरपश्चिममा रहेको गाउँपालिकामा लागू भएको स्वास्थ्य बिमाले यहाँका जनतालाई ठूलो राहत मिलेको छ। यस गाउँपालिका जिल्लाकै विकट मानिन्छ।

यसअघि यस अस्पतालमा उपचार गर्दा बिरामीले पैसा तिर्नुपर्ने हुन्थ्यो। अब बिमा भएका कुनै पनि बिरामीले नेपाल सरकार स्वास्थ्य बिमा बोर्डले तोकेको मापदण्डअनुसार उपचार सेवा पाउने अध्यक्ष थापाले बताए।

यस गाउँपालिकाका अधिकांश मानिस सामान्य खेती किसानी गरेर जिविकोपार्जन गर्दै आएका छन्। न्यून वर्गीय परिवारलाई नजिकै रहेको अस्पतालमा लागू भएको बिमाले ठूलो राहत मिल्ने उनले दावी गरे।

SHARE