जेठ२१,२०७८काठमाडौं : जनता समाजवादी पार्टी नेपाल सरकारमा सहभागी हुने भएपछि अहिले बहालवाला तीन मन्त्रीको जिम्मेवारी खोसिएको छ।
जसपा ८ मन्त्री र दुई राज्यमन्त्रीसहित सरकारमा जान लागेको हो। जसपाले पाउने ८ मन्त्रालयमध्ये ५ मन्त्रालय अहिले प्रधानमन्त्रीसँगै छ ।
जसपाले पाएको वन तथा वातावरण, महिला बालबालिका तथा ज्येष्ठ नागरिक र भूमि व्यवस्था तथा सहकारी मन्त्रालय सम्हालिरहेका अहिलेका मन्त्री जिम्मेवारी विहीन हुने भएका हुन्।
वन मन्त्री प्रेम आले, महिला तथा बालबालिका मन्त्री जुलीकुमारी महतो र भूमि व्यवस्था तथा सहकारी मन्त्री डा।शिवमाया तुम्बाहाङ्फेको पद खोसिएको हो ।
उनीहरुका स्थानमा जसपाका क्रमशः एकवाल मियाँ, चन्दा चौधरी र लक्ष्मणलाल कर्ण नयाँ मन्त्री बन्दैछन्।