बाँकेमा थप ७ कोरोना संक्रमितको मृत्यु

0
259

जेठ२१,२०७८बाँके:बाँकेको विभिन्न अस्पतालमा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टाको अवधिमा सात संक्रमितको मृत्यु भएको हो।

जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार मृतक मध्ये तीन जना बर्दियाका, दाङ, दैलेख, सल्यान र रुकुमका एकरएक जना छन्। भेरी अस्पतालमा उपचाररत बढैयाताल गाउँपालिका–२ बर्दियाका ३४ वर्षीय पुरुषको बुधबार साँझ, सोही गाउँपालिका–३ का ५५ वर्षीय पुरूषको बुधबार राति मृत्यु भएको हो।

यस्तै बाँसगढी गाउँपालिका–६ बर्दियाका ६६ वर्षीय पुरूषको बिहीबार दिउँसो युनाइटेड अस्पताल नेपालगन्जमा उपचारको क्रममा मृत्यु भएको छ। यस्तै तुलसीपुर उपमहानगरपालिका–६ दाङकी ६५ वर्षीया महिलाको नेपालगञ्ज मेडिकल कलेजमा बुधबार राति मृत्यु भएको छ भने आठबीस नगरपालिका–४ दैलेखकी ३० वर्षीया महिलाको पनि बुधबार राति नै मृत्यु भएको छ।

यस्तै कालिमाटी गाउँपालिका–१ सल्यानका ३७ वर्षीया महिला तथा बाफिकोट–४ रूकुमका २९ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा बिहीबार मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट हाल सम्म बाँके जिल्लाका दुई सय ९६ को मृत्यु भएको छ। यस्तै अन्य जिल्ला बाहिरका तीन सय दुई जना कोरोना संक्रमतिको उपचारका क्रममा मृत्यु भएको छ।

SHARE