बाँकेमा थप ६ जना संक्रमितको मृत्यु

0
345

जेठ११,०७८बाँकेः बाँकेमा कोरोनाका कारण थप ६ जनाको मृत्यु भएको छ।

भेरी अस्पतालमा ४ र नेपालगञ्ज मेडिकल कलेजमा २ संक्रमितको मृत्यु भएको जिल्ला स्वाथ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए।

भेरी अस्पतालमा मृत्यु हुनेहरुमा दाङकी ४० वर्षीया महिला, बर्दियाकी ६० वर्षीया महिला, बाँकेका ७१ वर्षीय वृद्ध र ३२ वर्षीय पुरुषको मृत्यु भएको छ।
यस्तै नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु हुनेहरुमा बर्दियाका ६५ वर्षीय पुरुष र दाङका ५१ वर्षीय पुरुष छन्।

SHARE