
जेठ११,२०७८ स्याङ्जाः स्याङ्जाको कालिगण्डकी गाउँपालिकाले कोरोना परीक्षण तथा उपचारको दायरामा आउन आफ्ना नागरिकलाई अपिल गरेको छ। समुदायस्तरमा कोरोना व्यापक फैलिएपछि यस्तो अपिल गरिएको हो।
दोस्रो लहरको रूपमा फैलिएको कोराना महामारीले गाउँपालिकाभित्रका कैयौं मानिस बिरामी पर्न थालेपछि विज्ञप्ति निकालेर यस्तो अपिल गरेको हो। गाउँपालिका भित्रका नागरिकलाई कोरोना परीक्षण गर्न तथा संक्रमितले समयमै उपचार गराउन गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले अनुरोध गरे।
गाउँपालिकाले निर्माण गरेको आइसोलेसनमा सुरक्षित बसी उपचार गर्न संक्रमितलाई भनिएको छ। यस्तै, कोरोनासँग मिल्दोजुल्दो लक्षण भएका व्यक्तिले तत्काल एन्टिजेन वा पीसीआर परीक्षण गर्न थापाले आग्रह गरे।

लक्षण देखिएका कतिपय व्यक्तिले समयमै परीक्षण नगर्ने र बिमार नै लुकाएर बस्ने गरेको तथा संक्रमितसमेत घरमा बस्दा स्वास्थ्य मापदण्डको पालना नगरेका कारण गाउँपालिका भित्र कोरोना महामारी तीव्र गतिमा फैलिएको गाउँपालिकाको ठहर छ।
गाउँपालिकाले अक्सिजनयुक्त १६ शय्याको आइसोलेसन तयार गरेको छ। गाउँपालिकाको वडा नम्बर ७ मिर्मीमा रहेको कोरोना अस्पतालमा गएर उपचार गर्न अपिल गरिएको छ। यहाँ निःशुल्क औषधोपचार, खान र बस्नको व्यवस्था समेत गरिएको थापाले बताए।
उनका अनुसार यहाँ एक जना एमबीबीएस डाक्टरसहित २ जना स्टाफ नर्स छन्। उनीहरू चौविसै घण्टा संक्रमितको उपचारमा तल्लीन छन। यहाँ एक जना कार्यालय सहयोगीसमेत छन्








