कम्पाउण्ड वाल भत्किदा दुई जनाको मृत्यु

0
375

जेठ१०,२०७८गोरखा : गोरखाको सिरान्चोक गाउँपालिका–१ मा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको छ। सोमबार दिउँसो जिल्ला समन्वय समितिका प्रमुख अशोक गुरुङको घरमा कम्पाउण्ड वाल बनाउने क्रममा माटोको ढिस्कोले पुरिएर दुई जनाको मृत्यु भएको हो।

मृतक सोही ठाउँका ४८ वर्षका काले गुरुङ र ३५ वर्षका भीमबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। प्रहरीका अनुसार ढिस्कोले पुरिए लगत्तै उद्धार गरी उपचारका लागि जौवारी प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो।

स्वास्थ्य केन्द्र पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। शव पोष्टमार्टमका लागि स्वास्थ चौकीमा राखिएको छ।

SHARE