
जेठ ९
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावअघि नै सबै जनतालाई कोरोनारुद्धको खोप दिने प्रयासमा जुटेको बताएका छन्। आइतबार ओलीले बालुवाटारमा पत्रकार सम्मेलन गरी यस्तो बताएका हुन्।
चुनावअघि नै सबै जनताले खोप लगाउन पाउँछन् पाउँदैनन्रु भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने,‘चुनावअघि नै सबै जनतालाई खोप दिने प्रयासमा जुटिरहेका छौँ, अन्तर्राष्ट्रिय पक्षसँग डिल गरिरहेका छौँ।’
चुनावमा खोपको विषयलाई लिएर ब्लेक मेलिङ गरिएको उनको आरोप छ। भने,‘खोपको विषयलाई सेन्टिमेन्टर ब्लायकमेल नगरौँ,यो प्रचण्ड र माधवको खेती हो’

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन गरी आउँदो कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभाको निर्वाचन गर्ने गरी मिति तोकेकी छिन्। थाहाबाट






