राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा कँडेल नियुक्त

0
409

जेठ६,२०७८काठमाडौं :राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुनः प्राडा। पुष्पराज कँडेल नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उपाध्यक्ष कँडेलसहित सदस्यहरु डा। कृष्णप्रसाद ओली, डा। उषा झा र मीनबहादुर शाहीलाई आयोगको गठन आदेशबमोजिम नियुक्त गरेको थियो।

पुनः नियुक्ति पश्चात आज बिहीबार सिंहदरबारमा सम्माननीय प्रधानमन्त्री एवं राष्ट्रिय योजना आयोगका अध्यक्ष केपी शर्मा ओलीसमक्ष शपथग्रहण गरेका हुन्।

शपथग्रहणपश्चात माननीय उपाध्यक्षले राष्ट्रिय योजना आयोगमा ११ वटा स्मार्ट सिटीको बहुवर्षिय आयोजना स्वीकृत गर्ने निर्णयको फाइल सदर गरी पदभार ग्रहण गरेका छन्।

SHARE