गण्डकीमा एकैदिन २८ संक्रमितको मृत्यु

0
229

जेठ२,२०७८ : गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप २८ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका निर्देशक एवं गण्डकी कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा। विनोद विन्दु शर्माले यसको पुष्टि गरेका छन्। नयाँ थप भएकासँगै प्रदेशमा कोरोना सङ्क्रमण रहेको अवस्थामा मृत्यु भएकाहरूको सङ्ख्या तीन सय ८३ पुगेको छ।

निर्देशनालयको विज्ञप्तिमा कास्कीमा नौ जनाको, स्याङ्जामा सात जनाको, तनहुँमा तीन जनाको, बागलुङमा दुई जनाको, लमजुङमा दुई जनाको, नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० मा दुई जनाको, गोरखामा एकजनाको, म्याग्दीमा एक जनाको र मुस्ताङमा एक जनाको मृत्यु भएको जानकारी दिइएको छ।

यस्तै, गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप सात सय ७७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ। उनीहरू कास्कीका तीन सय ८७ जना, बागलुङका ९९ जना, पर्वतका ९२ जना, स्याङ्जाका ६१ जना, गोरखाका ४९ जना, नवलपरासी बर्दघाट सुस्ता पूर्व० का २४ जना, तनहुँका २४ जना, लमजुङका २६ जना, म्याग्दीका १२ जना, मनाङका दुई जना र मुस्ताङका एक जना रहेका छन्। योसँगै प्रदेशमा कोरोना संक्रमितहरुको सङ्ख्या २८ हजार एक सय ८२ पुगेको छ।

SHARE