फेरि बढयो पेट्रोलियम पदार्थको मूल्य

0
851

जेठ२,२०७काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ। निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको खुद्रा मूल्यमा दुई रुपैयाँ प्रतिलिटरका दरले वृद्धि गरेको हो।

वृद्धि गरेको मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ। योसँगै अब पेट्रोल प्रतिलिटर एक सय २३ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर एक सय ६ रुपैयाँ र हवाई इन्धन ७८ रुपैयाँ पुगेको छ।

एलपी ग्यास र अन्तर्राष्ट्रिय उडानको लागि प्रयोग गरिने हवाई इन्धनको खुद्रा मूल्य भने यथावत रहेको निगमले जनाएको छ। निगमले भारतीय आयल निगमको स्वचालित मूल्यसूचीअनुसार मूल्य समायोजन गरिएको जनाएको छ।

मूल्य वृद्धिपछि पनि निगमलाई पेट्रोलमा ८।५६, डिजेलमा प्रतिलिटर ४।४६ तथा एलपी ग्यासमा प्रति सिलिण्डर ३७५।१३ रुपैयाँ घाटा रहेको जनाएको छ।

SHARE