जेठ१,२०७८ बाँके : बाँकेको विभिन्न अस्पतालमा उपचाररत आठजना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा पाँचजना पुरूष र तीनजना महिला रहेका छन्। भेरी अस्पतालमा उपचाररत पाँच र नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत तीनजना कोरोना संक्रमितको मृत्यु भएको हो।
मृत्यु हुनेमा बाँकेको बैजनाथ गाउँपालिका(२ की ३७ महिला रहेकी छन्। नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत उनको शुक्रबार दिउँसो साढे ३ बजे मृत्यु भएको हो। वैशाख १८ मा संक्रमण पुष्टि भएको उनी वैशाख ३० मा अस्पताल भर्ना भएको थिइन्।
यस्तै‚ बाँकेको कोहलपुर नगरपालिका(४ का ४२ वर्षीय पुरुषको उपचारको क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो। उनको शुक्रबार दिउँसो ४स्२० बजे मृत्यु भएको हो। वैशाख २६ गते संक्रमण पुष्टि भएका उनी सोही दिन अस्पताल भर्ना भएका थिए।
भेरी अस्पतालमै उपचारको क्रममा बर्दियाको ठाकुरबाबा नगरपालिका(१ का ४६ वर्षीय पुरुषको मृत्यु भएको छ। उनको शुक्रबार दिउँसो ४ बजे मृत्यु भएको हो। उनी वैशाख २१ मा अस्पताल भर्ना भएका थिए। ठाकुरबाबा(१ की ३४ वर्षीया महिलाको शुक्रबार राति करिब ३ बजे भेरी अस्पतालमै उपचारको क्रममा मृत्यु भएको छ। वैशाख २२ मा संक्रमण पुष्टि भएपछि उनी २४ गते भर्ना भएको थिइन्।
बाँकेको कोहलपुर नगरपालिका(९ का ६१ वर्षीय पुरुषको शुक्रबार राति साढे ७ बजे नेपालगञ्ज मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको छ। ती पुरूषमा वैशाख १५ गते कोरोना पुष्टि भएको थियो। वैशाख २१ मा अस्पताल भर्ना भएका थिए।
यस्तै, नेपालगञ्ज उपमहानगरपालिका(१९ का ३९ वर्षीय पुरुषको शुक्रबार राति साढे ८ बजे भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। वैशाख ३० मा संक्रमण पुष्टि भएका ती पुरूष सोही दिन अस्पताल भर्ना भएका थिए।
यस्तै‚ सल्यानको वनगाड कुपिन्डे(४ की ६० वर्षीया महिलाको शुक्रबार राति ११ बजे भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। वैशाख १२ मा संक्रमण पुष्टि भएकी उनी सोही दिन अस्पताल भर्ना भएकी थिइन्।
बर्दियाको गलरिया नगरपालिका(१० का ६० वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा शनिबार बिहान पौने ५ बजे मृत्यु भएको छ। वैशाख २५ मा कोरोना संक्रमण भएका ती पुरूष वैशाख २७ मा अस्पताल भर्ना भएका थिए।