बाँकेमा कोरोनाबाट थप ८ जनाको मृत्यु

0
257

बैशाख ३१,२०७८ बाँके :बाँकेमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ।

नेपालगन्ज स्थित भेरी अस्पतालमा ६ जना र मेडिकल कलेजमा २ जना गरि थप ८ जना संक्रमितको मृत्यु भएको अस्पतालहरुले पुष्टि गरेका छन्।

मृत्यु हुनेहरुमा खजुरा गाउँपालिका–१ बाँकेकी ६४ वर्षीया महिला, लम्किचुहा ९ कैलालीका ४० वर्षीय पुरुष, कुमाख गाउँपालिका–१ सल्यानकी ६७ वर्षिय महिला, मधुबन नगरपालिका–६ बर्दियाका ५९ वर्षीय पुरुष, बैजनाथ गाउँपालिका–६ बाँकेकी ३५ वर्षिया महिला, खजुरा गाउँपालिका–३ बाँकेकी ७५ वर्षिया महिला, नेपालगन्ज उपमहानगरपालिका–५ बाँकेकी ६१ वर्षीया महिला, कोहलपुर नगरपालिका–२ बाँकेका २८ वर्षीय पुरुष रहेका छन्।

कोरोनाका कारण बाँके जिल्लामा मृत्यु हुनेको संख्या २ सय २२ र बाँके जिल्लामा उपचार गर्न आएर निधन हुनेको संख्या १ सय ६७ रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज अ‍ोलीले जानकारी दिएका छन्।

SHARE