म त तेस्रो बिश्वयुद्ध भन्ने मान्छे हुँ

0
812

म त तेस्रो बिश्वयुद्ध भन्ने मान्छे हुँ।

भनन सरकार कोहि मर्दैन राज्य छ, आपत सकियो।
हामी काम गछौ हाम्रो सत्ता भोगको रजगत सकियो।

हामीलाई सास फेर्न गाह्रो हुदैछ, दिननु दिन के गरौ ?
सरकारी अस्पताल भन्छ अक्सिजन र रगत सकियो।

एक सर्को सासको लागि निजि अस्पताल पुग्ने भन्छन।
न त सास रह्यो, जिन्दगी भरको कमाई नगद सकियो।

तिमी कोरोना भन्छौ, म त तेस्रो बिश्वयुद्ध भन्ने मान्छे हुँ।
यहि जैबिक युद्धमा बेकसुर केही देशको जगत सकियो।

SHARE