बाँकेमा कोरोना संक्रमणबाट थप दुईजनाको मृत्यु

0
306

बैशाख २७,०७८ः कोरोना संक्रमणबाट बाँकेमा थप दुई जनाको मृत्यु भएको छ।

जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका अनुसार गएराति बर्दियाकी ४६ वर्षीय महिला र बर्दियाकै ६८ वर्षका पुरुषको बाँकेका भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा निधन भएको जनाएको छ।

बर्दियाको गुलरिया नगरपालकिा–७ की महिलाको भेरी अस्पतालमा गएराति १० बजे मृत्यु भएको हो। यस्तै बाँसगढी नगरपालिका ८ का ६८ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा गएराति ११ बजेर ५० मिनेटमा निधन भएको बाँके जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन तेज वलीले जानकारी दिए।

योसँगै बाँके विभिन्न अस्पतालमा बाहिरी जिल्लाबाट उपचारमा आएका मध्ये १ सय ४१ जनाको ज्यान गएको वलीले जनाकारी दिए।

SHARE