हुकुम थापाको (ज्यान जालां) गित सार्वजनिक (भिडीयो सहित)

0
64

वैशाख २५,२०७८ गुल्मी :

मलाई तिमी माछिलाइ पानी
यतिकुरा बुझहै परानी
सुनको बाला फुलैको माला
कसम तिमलाइ छाडदिन ज्यानजाला
गुल्मीका रेडोयो हरुमा मिठो कार्यक्रम सन्चालन गर्ने हुकुम थापा यतिबेला चर्चामा छन ।
रेडियो गुल्मी , रेडियो रुद्रावति र रुरु एफएममा बिगत चार वर्ष देखि लोक गीतका सुसेलिो हरु सुसेल्दै आएका मिठो आवाजका धनि हुकुम थापा लोकगितका मिठा गित सुसेल्ने गायक बनेर गुल्मेली कलाकारको सुचिमा सुचिकृत भएका छन ।
रेडियोका फेडर हरुमा आँला चाल्दै लोकगित गुनगुनाउने हुकुमको नशा नशामा लोकगित बग्छ त्यसैको पछिल्लो उदाहरण हो उनको पहिलो गित ज्यान जाला ।

सानै उमेरमा मुसिकोट तिर पढ्दा विध्यालय हरुमा मिठो श्वर सुसेल्ने हुकुम बिगतलाइ सम्झँदै भन्छन विध्यालयमा गाउँदै गर्दा गित रेकर्ड गराएर सवैलाइ सुनाउन पाए कस्तो होला जस्तो लाग्थ्यो त्यो सपना पूरा भएको मा खुशि लागेको छ ।
नेत्र अर्यालको शव्द सँकलन र लयमा रहेको यो लोक गीतमा शिर्ष हुकुम थापाको छ भने उनलाई साथ दिएका छन मधु घिमिरेले ।यसैगरी यो गितमा महिलाको शिर्ष श्वर सुनिता बुढाको छ र हिमा थापाले दिएकी छन ।
ज्यान जाला गीतको एरेन्जरमा महेन्द्र भण्डारी रहेका छन भने स्मृति तिमिल्सिना ले निर्देशन गरेकी छन ।
गितको म्युजिक भिडियो मा अर्जुन कुवँर आयुष्मा कार्की र लोमेश शर्माको अभिनय छ ।
सरसर्ति हेर्दा प्रेमभित्रको रोमान्स र सँयोगान्त लाई लपक्कै पारेर तयार पारिएकाको यो गितलाइ पछिल्लो चरणमा कलाकारले ल्याएका गितहरु हरु जस्तै रोमान्टिक शैलीलाइ पछ्याइएका कारण युवा युवतिबिच लोकप्रिय हुने देखिन्छ ।
एउटा सन्चारकर्मीको यो पहिलो प्रयास हो । र पहिलो गित भएरै होला श्वर मा केही आरोह अवरोह हरुमा कमि देखिए पनि हुकुम थापाको श्वर माझिँदै जाने आशावादी रहन सकिन्छ ।
आफ्नो पहिलो गित बजारमा आउँदा एउटा बच्चा जन्मीए जत्तिकै माया लाग्ने र पहिलो बच्चा भएकै कारणले राम्रो पालन पोषण गर्न सके ज्यान जाला भन्दा अझै राम्रा गित रुपि बच्चा जन्माउन हुकुम थापालाइ सकस नहोला ।

SHARE