आज ९ हजार ७० जना कोरोना संक्रमित थपिए

0
220

काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ९ हजार ७० जना कोरोना संक्रमित थपिएका छन् ।

विभिन्न प्रयोगशालामा २० हजार ३ सय ६७ जनाको पिसिआर परीक्षण गर्दा ८ हजार ९ सय ७० र ७ सय ७५ जनाको एन्टिजेन परीक्षण गर्दा एक सय जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै देशभर कोरोना संक्रमितको कूल संख्या ३ लाख ६८ हजार ५ सय ८० पुगेको छ । जसमध्ये २ लाख ९२ हजार ४ सय ९० जना संक्रमणमुक्त भइसकेका छन्।

अहिले ७२ हजार ५ सय ६१ जना सक्रिय संक्रमित छन्। जसमध्ये ६७ हजार २ सय ४६ जना होम आइसोलेसन र ५ हजार ३ सय १५ जना संस्थागत आइसोलेसनमा रहेका मन्त्रालयको तथ्यांक छ।

मन्त्रालयका अनुसार २४ घण्टामा ५४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै कूल मृतकको संख्या ३ हजार ५ सय २९ पुगेको छ । २ हजार ७ सय ७ जना गत २४ घण्टामा कोरोना संक्रमणमुक्त भएका छन्।

SHARE