२५ बर्षकी महिलाले एकै पटकमा ९ बच्चालाई जन्म दिइन्

0
734

बैशाख २२,२०७८ : अफ्रिकी मुलुक मालीकी एक महिलाले एकसाथ ९ बच्चालाई जन्म दिएकी छिन्‌।

२५ वर्षीया हालिमा सिसेले मोरक्कोको एक अस्पतालमा ती बच्चाहरूलाई जन्म दिएकी हुन्‌। नवजात शिशुमध्ये ५ छोरी र ४ छोरा छन्‌।

उनको गर्भमा धेरैवटा बच्चा रहेको र प्रश्रव हुन विशेषज्ञ चिकित्सक आवश्यक पर्ने थाहा भएपछि मालिका अन्तरिम राष्ट्रपतिले सरकारी कोषबाटै खर्च ब्यहोर्नेगरी सिसेलाई मोरक्कोको अस्पतालमा पठाएका थिए।

पहिले सिसेको गर्भभित्र ७ वटा बच्चा देखिएको चिकित्सकहरूले बताएका छन्‌। तर, मोरक्कोमा शल्यक्रिया गर्दा उनको पेटमा ९ वटा बच्चा रहेको पाइएको रोयटर्सले लेखेको छ।

अहिले आमा र सबै बच्चाको स्वास्थ्यावस्था स्थिर रहेको मालीको स्वास्थ्य मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ। चिकित्सकहरूले पनि यस्तो घटना दुर्लभ रहेको तथा आमा र सबै बच्चाहरूलाई बचाउनसक्नु निकै ठूलो उपलब्धि हुने बताएका छन्‌

SHARE