सरकारले संसद् छलेर अध्यादेशबाट शासन गर्न खोजेको कांग्रेसको आरोप

0
540
फाइल फोटो

बैशाख१,२०७८ काठमाडौं :बजेट अधिवेशन बोलाउन ढिला भइरहेको अवस्थामा संसदलाई छलेर अध्यादेशमार्फत शासन चलाउने वर्तमान सरकारको कार्यशैलीप्रति नेपाली कांग्रेसले घोर आपत्ति जनाएको छ।

सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारीको बैठकले संवैधानिक परिषद्लगायत ७ वटा अध्यादेश ल्याउने सरकारको निर्णय भर्त्सना गरेको हो।

आजै राष्ट्रपति विद्यादेवी भण्डारीले सात वटा अध्यादेश जारी गरेकी थिइन्। नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेकी हुन्। राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेका अनुसार जारी भएका अध्यादेश अनुसार यौन हिंसाविरुद्ध केही ऐन संशोधन गर्ने अध्यादेश २०७८, फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केहि ऐन संशोधन गर्ने अध्यादेश २०७८, औषधि (तेस्रो संशोधन) अध्यादेश २०७८ छन्।

यस्तै संवैधानिक परिषद ९काम, कर्तव्य, अधिकार र कार्यविध सम्बन्धी पहिलो संशोधन अध्यादेश २०७८, समाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सन्चालन, सुपरीवेक्षण र समन्वय पहिलो संशोधन र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८ जारी गरिएको छ।

SHARE