बाँकेमा एकैदिन सातजना कोरोना संक्रमितको मृत्यु

0
288

बैशाख २०,२०७८ बाँके : कोरोना संक्रमणबाट बाँकेमा पछिल्लो १४ घण्टामा साताजनाको मृत्यु भएको छ। नेपालगञ्जस्थित भेरी अस्पतालमा चार र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा तीनजना कोरोना संक्रमितको मृत्यु भएको हो।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीका अनुसार मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–३ का ५१ वर्षीय पुरुष, नेपालगन्ज–१ का ६६ वर्षीय पुरुष, नेपालगन्ज–५ का ४८ वर्षीय पुरुष, बैजनाथ गाउँपालिका–८ का ६० वर्षीया महिला, खजुरा गाउँपालिका–२ का ३२ वर्षीय पुरुष, कोहलपुर–१५ का ६० वर्षीय पुरुष र बर्दियाको बढैयाताल गाउँपालिका–८ बर्दियाका ४७ वर्षिय पुरुष रहेका छन्।

नेपालगन्ज–३ का ५१ वर्षीय पुरुष भेरी अस्पतालमा बैशाख ६ गते भर्ना भएका थिए। उनको सोमबार बिहान साढे ३ बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ। बैशाख १५ मा भेरी अस्पताल भर्ना भएका नेपालगञ्ज–१ का ६६ वर्षीय पुरुषको सोमबार बिहान ४ बजे मृत्यु भएको फोकल र्संन वलीले जनकारी दिए।

त्यस्तै, नेपालगन्ज–५ का ४८ वर्षीय आइतबार राति ९ः१० बजे मृत्यु भएको हो। उनी बैशाख १४ गते मेडिकल कलेजमा भर्ना भएको थिए। बैजनाथ गाउँपालिका–८ बाँकेकी ६० वर्षीया महिलाको आइतबार राति १ः२० बजे मृत्यु भएका हो। उनी हिजो नै अस्पतालमा भर्ना भएकी थिइन्।

भेरी अस्पतालमा बैशाख १८ मा भर्ना भएका बढैयाताल–८ का ४७ वर्षीय पुरुषको आज बिहानसाढे ६ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। बैशाख ७ गते भेरी अस्पतालमा भर्ना भएका खजुरा–२ का ३२ वर्षीय पुरुषको सोमबार बिहान साढे ८ बजे मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ। कोहलपुर–१५ का ६० वर्षीय आइतबार राति १ बजे मृत्यु भएको छ। उनी बैशाख १७ गते मेडिकल कलेजमा भर्ना भएको थिए।

योसँगै बाँकेमा कोभिड संक्रमणका कारण जिल्लाबाहिरका १२२ जना र जिल्लाका १३५ जनाको मृत्यु भइसकेको छ।

SHARE