बाँकेमा १४ महिने बालक र १११ वर्षीया वृद्धासहित ३०५ जनाले जिते कोरोना

0
495

बैशाख १९,२०७८ बाँके : कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिएको बाँकेमा संक्रमित निको हुनेको संख्या पनि बढिरहेको छ। आइतबार ९आज० जिल्लाका संस्थागत तथा होम आइसोलेसनमा स्वास्थ्य लाभ गरिरहेका ३०५ जना डिस्चार्ज भएका छन्।

कोरोना जितेर घर फर्किनेहरूमा नेपालगन्ज उपहानगरपालिकाका १४ महिने बालकसहित १४२ जना महिला र १६३ जना पुरुष गरी ३०५ जना कोरोना संक्रमति डिस्चार्ज भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए।

यस्तै हिजो शनिबार २५० जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका थिए। शनिबार कोरोना जित्नेमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १६ की १११ वर्षीया महिलासहित २ सय ५० थिए।

SHARE